आइएमई लाइफ र एन.आइ.सि एसिया बैंकलिमिटेडबीच बैंक अस्योरेन्स सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आइएमई लाइफ र एन.आइ.सि एसिया बैंकलिमिटेडबीच बैंक अस्योरेन्स सम्झौता



काठमाडौं । आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र एन.आइ.सि एसिया बैंक लिमिटेडबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्ट र एन.आइ.सि एसिया बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले हस्ताक्षर गर्नुभएको छ ।
सो बैंक अस्योरेन्स सम्झौता पश्चात सर्वसाधरण तथा बैंकका ग्राहाकहरुले एन.आइ.सि एसिया बैंकको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आईएमई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवनबीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जनकारी प्राप्त गर्न सक्नेछन् ।
आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ६५ स्थानबाट बिभिन्न शाखा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सामान्य सावधिक, बालशिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण लगायतका बीमा योजना ल्याएको छ । आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको मुख्य उद्देश्य न्यून भन्दा न्यून आय भएका शहरी तथा ग्रामिण भेगमा बसोबास गर्ने व्यक्तिहरुको समेत जीवन बीमामा पहुँच पु¥याई नेपालमा जीवन बीमा बिस्तार गर्नु रहेको छ ।

प्रकाशित : २६ मंसिर २०७५, बुधबार १२:०६