काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले ५.२६३% लाभांश दिने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिकाे बैठकले हाल कायम ८ अर्ब ३ करोड ३२ लाख ३६ हजार ४०० रुपैयाँबाट ३.६२८% बोनस सेयर र १.६३५% नगद गरी लाभांश दिने निर्णय गरेको हो । साे लाभांश लगानीकर्ताले भने राष्ट्र बैंकले र आगामी वार्षिक साधारण सभाले पारित गरे पछि मात्र पाउने छन् ।
२६ मंसिर २०७५, बुधबार ११:३५
Comment