इजीलिंक रेमिट्यान्स र कामना सेवा विकास बैंक बीच विप्रेषण भुक्तानी सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

इजीलिंक रेमिट्यान्स र कामना सेवा विकास बैंक बीच विप्रेषण भुक्तानी सम्झौता



काठमाडौं । जापान, दक्षिण कोरिया, साइप्रस लगायत विश्वका बिभिन्न देशबाट नेपाल रेमिट्यान्स सेवा दिंदै आएको विश्वासिलो रेमिट्यान्स कम्पनीको रुपमा परिचित इजीलिंक रेमिट्यान्स ले कामना सेवा विकास बैंकसँग रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता गरेको छ । सम्झौतापत्रमा इजीलिंक रेमिट्यान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डि.पि. अर्याल, प्रबन्ध निर्देशक दिपेन्द्र खनाल र कामना सेवा बैंकका तर्फबाट कामू. प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेत, डिपोजिट तथा ट्रान्ज्येक्सन बैंकिङ् प्रमुख सुबास भट्टराईले संयूक्त रुपमा हस्ताक्षर गरे ।

इजीलिंक रेमिट्यान्सले विगत लामो समयदेखी विश्वका विभिन्न मलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्रयाइरहेको छ । सम्झौतापछि इजीलिंक रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डि.पि. अर्याल ले कामना सेवा बैंकसंगको रेमिट्यान्स भुक्तानी सम्झौताले नेपाली दाजुभाइ दिदीबहिनीहरुले विदेशबाट पठाएको पैसालाई छिटो, छरितो तरिकाले सेवाग्राहीसम्म पु–याउन थप सहज बनाउने र आफ्ना सेवाग्राहीलाई थप सेवा दिंदै अझ सुलभ बनाउँदै लैजान देशभरका विभिन्न बैंक तथा वित्तिय संस्थाहरुका साथै नीजि कम्पनीहरुसंग पनि रेमिट्यान्स भुक्तानी सम्झौतालाइ तिब्र पार्नुका साथै अन्य देशबाट पनि रेमिट्यान्स भित्राउन तिब्र रुपमा अघि बढिरहेको जानकारी गराए ।

यो सम्झौतासंगै विश्वका विभिन्न मुलकबाट इजीलिंक रेमिट्यान्स मार्फत पठाएको रकम अब कामना विकास बैंकको देशभरि रहेका ६० शाखाहरुबाट साथै इजीलिंक रेमिट्यान्सको ६००० भन्दा बढी एजेन्ट, सब–एजेन्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट भुक्तानी लिन सकिने कम्पनीका प्रबन्ध निर्देशक दिपेन्द्र खनाल ले बताए । 

प्रकाशित : २३ मंसिर २०७५, आईतवार १२:१४