नेपाल आर्थिक पत्रकार संघमा नयाँ नेतृत्व « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

नेपाल आर्थिक पत्रकार संघमा नयाँ नेतृत्व



काठमाडौं।अर्थमन्त्री डा.युवराज खतिवडाले सुशासन र विकासका पक्षमा पत्रकारले कलम चलाउनुपर्ने बताएका छन् ।नेपाल आर्थिक पत्रकार सङ्घको चौथो अधिवेशनको आज उद्घाटन गर्दै उनले भने, ‘मुलुक आर्थिक विकासतर्फ अग्रसर भएकाले पत्रकारले पनि सुशासन र विकासका पक्षमा कलम चलाएर मुलुकको समृद्धिका लागि सहयोग गर्नुपर्छ ।
अर्थमन्त्री डा।खतिवडाले सरकारले गरेका कतिपय कामलाई पत्रकारिताले हुबहु नभएर आलोचनात्मक टिप्पणी गरेर सहयोग गर्नुपर्नेमा जोड दिदैं सरकारका कमीकमजोरी छन् भने पत्रकारिताले उजागर गरिदिनुपर्ने बताए ।

अर्थमन्त्री खतिवडाले भने–‘सरकारले गल्ती गरे सुझाव दिने वा गाली गर्ने अधिकार तपाईंहरुमा छ । तपाईंहरुले गल्ती गरे कसैले पनि गाली गर्न नसक्ने हुँदा तपाईंहरुलाई सत्यतथ्य लेख्न कुनै अङ्कुश छैन । तरm अङ्कुश छैन भन्दैमा तपाईंहरुलाई निरङ्क्ुुश हुने छुट पनि छैन । तपाईंहरु आफैंमा जिम्मेवार हुनुन्छ ।’अर्थमन्त्री डा. खतिवडाले प्रेस जवाफदेही भएमात्र राजनीतिक प्रणाली सुदृढ हुने बताउँदै नेपाली सञ्चारमाध्यमले मुलुकको आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनमा खेलेको भूमिका अतुलनीय रहेको बताए ।

व्यक्ति विशेषलाई लक्षित गरेर सञ्चारमाध्यम चलाउन नहुने बताउँदै उनले आर्थिक पत्रकारिताको क्षमता अभिवृद्धि गर्न मन्त्रालय सदैव सहयोग गर्ने बताए।।

त्यस्तै महालेखा परीक्षक टंकमणि शर्माले आर्थिक विकासको मुद्दालाई उठान गरेर तथ्यमा आधारित समाचार सम्प्रेशण गर्न आर्थिक पत्रकारलाई सुझाव दिए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले आर्थिक पत्रकारले मुलुकको विकासका पक्षमा कलम चलाउनुपर्नेमा जोड दिए ।नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले पत्रकारितालाई मर्यादित बनाउन आवश्यक रहेको धारणा व्यक्त गरे ।

चौथो महासभाले सिताराम भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको छ । संघको उपाध्यक्षहरुमा इन्द्र बानिया, राजेश बर्मा र छविलाल बगाले निर्वाचित भएका छन् । महासचिवमा नारायणप्रसाद पौडेल, सचिवमा चन्दा कार्की र सहसचिवमा विजय दमासे निर्वाचित भएका छन् ।

यसैगरी कोषाध्यक्षमा रोयल आचार्य तथा सदस्यहरुमा कृष्णप्रसाद भट्टराई, अर्जुन पन्त, प्रजिता बुढाथोकी, मल्लिका घिमिरे, मोहम्द अजमत अली, रोविन पौडेल, दिप्ती भट्ट, रिना खत्री, शान्ति श्रेष्ठ, डोमी शेर्पा र फणिन्द्र दाहाल निर्वाचित भएका छन् ।

विजयी पत्रकारलाई सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले प्रमाणपत्र प्रदान गर्दै मर्यादित पत्रकारितामार्फत विकास र समृद्धिका मुद्दा उठान गर्न आग्रह गरेका थिए ।

महासभाका अवसरमा आर्थिक पत्रकारितामा सक्रिय एवम् उल्लेखनीय योगदान पुर्याएको भन्दै पत्रकार गजेन्द्र बुढाथोकीलाई सम्मान गरिएको थियो 

प्रकाशित : २२ मंसिर २०७५, शनिबार ०९:२५