राष्ट्र बैंकले मुद्दति निक्षेपमा लगानी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

राष्ट्र बैंकले मुद्दति निक्षेपमा लगानी गर्ने



काठमाडौं ।नेपाल राष्ट्र बैंकले १० अर्ब १५ करोड ८६ लाख रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उक्त रकम पुस १ गतेदेखि २०७६ मंसिर ३० गतेसम्मका लागि ३६६ दिने मुद्दति निक्षेपमा त्रैमासिक रुपमा ब्याज भुक्तानी पाउने गरी बैंक तथा वित्तीय संस्थामा लगानी गर्न चाहेको हो ।

केन्द्रीय बैंकले “क” वर्गका वाणिज्य बैंकहरुमा ८ अर्ब १२ करोड ६९ लाख, “ख” वर्गका राष्ट्रिय स्तरका विकास बैंकहरुमा एक अर्ब ५२ करोड ३८ लाख रुपैयाँ र “ग” वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुले ५० करोड ७९ लाख रुपैयाँ निक्षेप राख्नेछ ।

निक्षेप लगानी गर्न चाहने बैंक तथा वित्तीय संस्थाले प्रस्तावित ब्याजदर सहित मंसिर २३ गते आइतबार अपरान्ह ३ बजेसम्म शिलबन्दी दरभाउपत्र आवेदन दिन सक्नेछन् । ।
यसका लागि राष्ट्र बैंकले केही शर्तसमेत तोकेको छ । जसमा बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तिमा २ वर्ष पूरा भएको हुनुपर्ने, न्यूनतम पुँजीकोष कायम भएको, निष्कृय कर्जा कुल कर्जा सापटको ५% भन्दा कम भएको, खुद तरल सम्पती विदेशी निक्षेपको कम्तिमा २०% वा सो भन्दा बढी हुनपर्ने, शिघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तिमा ६ महिना पूरा गरेको हुनुपर्ने लगायत राहेका छन् ।

प्रकाशित : २० मंसिर २०७५, बिहीबार १४:३०