काठमाडौं । एभरेष्ट बैंकको साधारण सभा पुस १० गते हुने भएको छ । बैंकको २४ औं वार्षिक साधारण सभा लैनचौर बैंक्वेटमा बिहान ११ बजे हुने भएकाे हाे ।बैंकले साधारण सभामा २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव लादै छ ।
त्यस्तै लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण, र नाफाल नोक्सान सहित बैंकको वासलात छलफल पारित गर्ने लगायतका एजेण्डा सभामा रहेका छन् ।
साधारण सभाकाे लागि दर्ता किताब मंसिर २६ गतेदेखि पुस ४ गतेसम्म बन्द हुने भएको छ ।
Comment