सिद्धार्थ बैंककाे ‘एसबिएल डिवेञ्चर–२०८२’ मंसिर २३ गतेदेखि निष्काशन हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिद्धार्थ बैंककाे ‘एसबिएल डिवेञ्चर–२०८२’ मंसिर २३ गतेदेखि निष्काशन हुने



काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले यही मंसिर २३ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ ।  १०.५ प्रतिशत ब्याजदरमा बैंकले ७ वर्ष अवधिको ‘एसबिएल डिवेञ्चर–२०८२’ निश्कासन गर्ने भएको हाे ।

 धितोपत्र बोर्र्डले ४ दिनअघि यो बैंकलाई ऋणपत्र निश्कासनको अनुमति दिएको थियो ।बैंकले जारी गरेको  ऋणपत्रमा सर्वसाधारणले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन् ।

यो बैंकको ऋणपत्र निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइसी एशिया क्यापिटलले गर्नेछ ।

कुल २२ लाख ५० हजार कित्तामध्ये ४ लाख ५० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी १७ लाख ७७ हजार ५०० कित्ता व्यक्तिगत (कम्पनी तथा संस्थालाई) बिक्री गरिनेछ ।

सिद्धार्थ बैंकले जारी गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले ‘इक्रा एनपि ट्रिपल बि प्लस’को रेटिङ दिएको छ । यसले मध्यम किसिमको सुरक्षा रहेको संकेत गर्दछ ।

बैंकले उक्त डिबेन्चरका लागि आवेदन अवधि खुल्ला भएको मितिदेखि छिटोमा मंसिर २६ गते र ढिलोमा पुस २३ गते बन्द हुने जानकारी दिएको छ।

धितोेपब बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट एसबिएल डिवेञ्चरमा आवेदन दिन पाइन्छ ।

 

 

प्रकाशित : १४ मंसिर २०७५, शुक्रबार १२:०२