काठमाडौं ।एशिया प्यासेफिक सम्मेलनलाई लक्षित गर्दै चार दिनको लागि घोषण गरेको जोर बिजोर प्रणालीको चौतफी विरोध आएपछि आज शुक्रबार साढे ११ बजे देखि हटाईएको छ।
सर्वसाधारण जनताले दुख पाएको भन्दै चौतर्फी विरोध भएपछि गृह मन्त्रालयको निर्देशनमा जोर बिजोर प्रणाली हटाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
सम्मेलनलाई लक्षित गर्दै विशिष्ट अतिथिको आवागमन सहज बनाउन मंसिर १३ गते देखि १६ सम्म ४ दिनका लागि जोर बिजोर प्रणाली लागू गरिएको थियो ।
Comment