काठमाडौं । अपर ताकामोशी हाइड्रोपावर लिमिटेडले तेस्रो चरणमा सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयर(आईपीओ) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नागरिक लगानी कोष र सनराइज क्यापिटलका अनुसार कुल आवेदक मध्ये ३ लाख ३४ हजार ७५ जना आवेदकले ४० कित्ता सेयर पाएका छन । उनीहरुलाई ४० कित्ता दरले १ करोड ३३ लाख ६३ हजार कित्ता सेयर बाँडफाँड गरिएको छ ।
बिक्री प्रबन्धकका अनुसार ४० कित्ता सेयर बाँडफाँड पश्चात बाँकी रहेको १७ लाख २७ हजार ७५० कित्ता सेयर चिठ्ठा(गोला) प्रथाबाट बाँडफाँड गरिएको छ । गोलाप्रथाद्धारा कुल १ लाख ७२ हजार ७७५ जनाले १० कित्ता सेयर पाएका छन ।
लागत कति पुग्छ ?
आगामी कात्तिकबाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको आयोजनाको लगत पूर्वानुमान भन्दा २० अर्ब ७२ करोड ७९ लाख १२ हजार रुपैियाँले बढेर ६९ अर्ब ५९ करोड १९ लाख १२ हजार रुपैयाँ पुग्ने भएको छ । आयोजनाको लागत ब्याजसहित ६९ अर्ब ५९ करोड १९ लाख १२ हजार रुपैयाँ पुग्ने माथिल्लो तामाकोशी जलविद्युत आयोजनका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले बताए ।
४८ अर्ब ८६ करोड ४० लाख रुपैयाँ लागतमा आयोजना निर्माण हुने अनुमान गरिएपनि भूकम्प र भारतले गरेको नाकाबन्दीका कारण लागत बढेश्रेष्ठले बताए । आयोजनाको लागि ब्याज बाहेक ३५ अर्ब २९ करोड, निर्माण अवधिको ब्याज अनुमान १३ अर्ब २१ करोड ७० लाख र वित्तीय व्यवस्थापन तथा बैंक कमिसन अनुमान ३५ करोड ७० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको थियो ।
भूकम्प र नाकाबन्दीका कारण आयोजना निर्माणमा ढिलाइ भएपछि उक्त लागत अनुमान बढेर ६९ अर्ब ५९ करोड १९ लाख १२ हजार रुपैयाँ पुग्ने भएको हो । यो रकम ब्याजसहितको हो । ब्याज बाहेक ४९ अर्ब २९ करोड ५५ लाख ४३ हजार रहेको छ ।
आर्थिक वर्ष २०७४–०७५ सम्ममा निर्माणको ब्याज १४ अर्ब ४२ करोड ५८ लाख ४७ हजार रुपैयाँ रहेको र चालु आवमा निर्माणको ब्याज ५ अर्ब ४१ करोड ५६ लाख ४६ हजार रहेको छ भने वित्तीय व्यवस्थापन तथा बैंक कमिशन खर्च ३४ करोड ९६ लाख ३९ हजार र सेयर निश्कासन खर्च १० करोड ५२ लाख ३७ हजार रुपैयाँ लाग्ने भएको छ । भूकम्पका कारण आयोजना निर्माणको समय तीन वर्ष लम्बिएको छ ।
आयोजना निर्माण सुरु गर्दा ब्याज ११ प्रतिशत लाग्ने भएपछि १२ प्रतिशत सम्म तिर्नु परेको हो ।
त्यस्तै, बाँकी रहेको १७ लाख २७ हजार ७५० कित्ता सेयरका लागि पुनः ३ लाख ३४ हजार ०७५ जना आवेदकहरु मध्येबाट गोलाप्रथा गरिएको बिक्री प्रबन्धकले जनाएको छ ।
कम्पनीले जारी गरेको १ अर्ब ५८ करोड बराबरका १ करोड ५८ लाख कित्ता सेयरका लागि कुल ३ लाख ३९ हजार ७ सय ७५ जना लगानीकर्ताले आवेदन दिएका थिए । कुल आवेदन परको मध्ये ५ हजार ७ सय जनाको आवेदन रद्द भएको छ ।
Comment