मंगलबार नेप्से १ दशमलव ६१ अंकले उकालो लागेर बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मंगलबार नेप्से १ दशमलव ६१ अंकले उकालो लागेर बन्द



काठमाडौँ। मंगलबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्से १ दशमलव ६१ अंकले उकालो लागेको छ । आज कारोबारमा आएको फाइनान्स , न्नलाइफ इन्स्योरेन्स, उतपादनमुलक, लघुवित्त र लाइफ इन्स्योरेन्स समुह बाहेक अरु सबै समुहले कमाएका छन्। आज कारोबारमा आएको १५४ कम्पनीको ७ लाख ८८ हजार १ सय ६९ कित्त सेयर बाट २३ करोड १६ लाख ८२ हजार ९ सय ६१ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै न्नलाइफ इन्स्योरेन्सले गुमाएको छ । आज न्नलाइफ इन्स्योरेन्स समुह २७ दशमलव ९३ अंकले ओरालो लागेको छ। आज लाइफ इन्स्योरेन्स समुह ६ दशमलव ०१ अंकले, उतपादनमुलक समुह १ दशमलव ७ अंकले, लघुवित्त समुह १ दशमलव ४८ अंकले र फाइनान्स समुह ० दशमलव ८६ अंकले ओरालो लागेको छ ।
आज सबै भन्दा धेरै होटल समुहले कमाएको छ । आज होटल समुह १० दशमलव ०८ अंकले उकालो लागेको छ । आज जलविधुत समुह ४ दशमलव ८१ अंकले, विकास बैँक समुह ३ दशमलव ८६ अंकले, अन्य समुह २ दशमलव २७ अंकले र बैँक समुह २ दशमलव २२ अंकले उकालो लागेको छ ।

प्रकाशित : ११ मंसिर २०७५, मंगलवार १५:१६