मुक्तिनाथ विकास बैंककाे साधारण सभा म‌ंसिर २९ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मुक्तिनाथ विकास बैंककाे साधारण सभा म‌ंसिर २९ गते



काठमाडौं। मुक्तिनाथ विकास बैंक लिमिटेडकाे दर्ता किताब बन्द हुने भएकाे छ ।  बैँककाे म‌ंसिर २९ गते साधारण सभा हुन लागेकाेले मंसिर १८ गतेदेखि दर्ता किताब बन्द हुन लागेकाे हाे ।

बैँकले १८.२५% बोनस सेयर र हकप्रद जारी गर्ने भएको छ । बैंकले १८.२५% बोनस सेयर वितरणपछि कायम हुने ३ अर्ब ६ करोड ४७ लाख ६० हजार १२३ रुपैयाँ चुक्ता पुँजीमा २०% हकप्रद जारी गर्न लागेको हो । मुक्तिनाथले बोनसपछि हकप्रद जारी गर्ने प्रस्ताव  साधारण सभामा पेश गर्नेछ । बैंकले बोनस सेयरमा लाग्ने कर तिर्न ०.९६% नगद लाभांश पनि दिनेछ ।

मुक्तिनाथले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्विजिसन गर्नु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा सभामा पेश गर्नेछ । यस्तै, जारी तथा चुक्ता पुँजी ३ अर्ब ६७ करोड ७७ लाख १२ हजार १४८ रुपैयाँ पुर्याउने प्रस्ताव पनि लैजानेछ ।
साधारण  सभा सिटी स्क्वायर, न्यूरोड पोखरामा बिहान ११ बजे सुरु हुनेछ ।

प्रकाशित : ९ मंसिर २०७५, आईतवार १२:२५