काठमाडौं । एनएमबि बैंक लिमिटेडले लाभांश दिने भएको छ ।कम्पनीकाे मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई बोनस शेयरका साथै नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।कम्पनीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ
बैंकले लगानीकर्तालाई १० प्रतिशत अर्थात ८७ लाख ४३ हजार ७८४ दशमलव २३ कित्ता बोनस शेयर र २० प्रतिशत अर्थात १ अर्ब ७४ करोड ८७ लाख ५६ हजार दशमलव ८१ रुपैयाँ नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको छ ।लगानिकर्ताले भने साे लाभांश भने राष्ट्र बैंकले र आगामी साधारण सभाले पारित गरेपछि मात्र पाउनेछन् ।
Comment