काठमाडौ । सामुदायिक लघुवित्तको साधारण शेयरमा ६०.५९ गुणा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक एसबिआई मर्चेन्ट बैंकिङ्गले जनाएको जानकारी अनुसार बुधबार साँझसम्ममा एक करोड ६५ लाख ४० हजार १७० कित्ता शेयरका लागि आवेदन परेको छ ।
लघुवित्तले सर्वसाधारणमा २ लाख ७३ हजार कित्ता निष्काशन गरेको शेयरमा दुई लाख ५४ हजार ६९३ आबेदकले एक अर्ब ६५ करोड रुपैयाँ बराबरको शेयर माग गरेका हुन् ।
सामुदायिक लघुवित्तले कुल ३ लाख कित्ता आईपिओ निष्काशन गरेकोमा संस्थाका कर्मचारीलाई १२ हजार कित्ता तथा सामुहिक लगानी कोषलाई १५ हजार कित्ता शेयर छुट्याउँदा बाँकी रहने २ लाख ७३ हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्तामा बाँडफाँड हुनेछ । मागभन्दा बढीको आवेदन परेकाले धेरै आवेदकहरु रित्तो हात फर्कनुपर्ने देखिएको छ
Comment