जोशी हाइड्रोपावरकाे आइपीओ मंसिर १६ गते देखि खुल्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

जोशी हाइड्रोपावरकाे आइपीओ मंसिर १६ गते देखि खुल्दै



काठमााडौं। जोशी हाइड्रोपावरले मंसिर १६ गतेदेखि १६ लाख ९० हजार ४७० कित्ता आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ५० हजार ७१४ कित्ता (३%) कर्मचारी र ८४ हजार ५२३ कित्ता (५%) कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी १५ लाख ५५ हजार २३३ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो । कम्पनीले स्थानीय बासिन्दाले नकिनेको २ लाख ४२ हजार १० कित्ता सेयरसमेत थपेर सर्वसाधारणलाई आइपीओ बिक्री गर्न लागेको हो ।

 यो आइपीओमा न्युनतम ५० कित्तादेखि अधिकतम ८ लाख कित्तासम्मको लागि आवेदान भर्न सकिन्छ । यसको शेयर निष्कासन बन्द हुने मिति छिटोमा मंसिर १९ र ढिलोमा पुस १९ रहेको छ ।यो कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।
जोशी हाइड्रोपावरले इलामको पुवाखोलामा ३ मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।

प्रकाशित : ५ मंसिर २०७५, बुधबार १२:४९