काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बलम्बु फिडरबाट विद्युत् आपूर्ति हुने तीनथाना ,नैकाप ,सतुङ्गललगायतका क्षेत्रमा आज बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको छ ।
कलंकी–नागढुंगा सडक खण्डको तीनथाना बस स्टपदेखि तीनथाना वड़ा कार्यालयसम्म लाइनको लागि स्युचाटार सब स्टेशनबाट संचालित उक्त स्थानमा विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको हो ।
Comment