सानिमा लाइफकाे नयाँ जीवन बीमा योजन “सानिमा जीवन श्री “ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सानिमा लाइफकाे नयाँ जीवन बीमा योजन “सानिमा जीवन श्री “



काठमाडौं। सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ जीवन बीमा योजन ल्याएको छ।सानिमा जीवन श्री जीवन बीमा योजना । यस योजना अन्र्तगत जीवन बीमा गर्दा कम्पनीले कहिले र कति वोनस दिन्छ भनी सोच्नु पर्दैन । यस कम्पनीले आप्mना आदरणीय ग्राहकहरुको अर्थिक हितलाई विशेष ध्यान दिइ सुरुमा नै यस योजना अन्र्तगत जीवन बीमा गर्दा पुरा बीमा अबधिको लागि प्रतिहजार बीमाङ्कमा रु ७० वोनस ग्यारेन्टी गरिएको छ ।

यस योजनामा न्युनतम वीमाङ्क रु ५,००,००० र अधिक्तम वीमाङ्क आयश्रोतको आधारमा निर्धारण गरिने छ । । यस जीवन वीमाको लागी न्युनतम प्रवेश उमेर १६ बर्ष छ भने अधिक्तम प्रवेश उमेर ६० बर्ष रहेको छ । यस जीवन वीमाको न्युनतम वीमा अवधि १० बर्ष र अधिक्तम वीमा अवधि २५ बर्ष रहेको छ । अधिक्तमवीमा समाप्ती उमेर ७० बर्ष रहेको छ ।

यस योजनामा ग्राहकहरुको हितलाई विशेष ध्यान दिई सीमित अवधि सम्म बीमा शुल्क भुक्तानी गरी बीमा समाप्ती उमेर सम्म जोखिम वहनको अवसर सदुपयोग गर्न सकिन्छ ।

 बीमा शुल्क भुक्तानी अवधि ६ , १० , १५ र १८ बर्ष कायम गरिएको छ । बीमा अवधि १० , १५ ,२० र २५ बर्ष निर्धारण गरिएको छ ।

वीमाङ्क रकम भुक्तानी दिने अवस्था
वीमा समाप्ती मिति सम्म वीमित जीवीत रहेमा वीमालेखेकोशर्तहरुकोअधिनमा रही प्रत्यक बर्ष प्रतिहजार
बीमाङ्कको रु ७० का दरले पुरा बीमा अवधिको वोनस एक मुष्ट प्रदान गरिनेछ ।
वीमा अवधि भित्र बीमा लेख चालु रहेको अवस्था वीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा
रही वीमाङ्क र प्रत्येक वर्ष प्रतिहजार बीमाङ्कमा रु ७० ग्यारेण्टी वोनस समेत एक मुष्ट प्रदान गरिएको छ ।

यस योजना अन्र्तगत समयमै आफू र परिवारको जीवन बीमा गरी आर्थिक सुरक्षा र सामाजिक समृद्धिको लागि सदैव निश्चिन्त हुन सकिन्छ ।

प्रकाशित : ३ मंसिर २०७५, सोमबार १२:२९