राष्ट्रिय सहकारी बैंकका प्रबन्ध संचालक उप्रेती नेडाकको उपाध्यक्ष « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

राष्ट्रिय सहकारी बैंकका प्रबन्ध संचालक उप्रेती नेडाकको उपाध्यक्ष



काठमाडाै । राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रबन्ध संचालक के. बी. उप्रेती नयाँ दिल्ली एशिया तथा प्यासिफिक क्षेत्रका कृषि सहकारीहरुको विकासका लागि संजाल (नेडाक) को उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन । कार्तिक २९, नयाँ दिल्ली एशिया तथा प्यासिफिक क्षेत्रका कृषि सहकारीहरुको विकासका लागि संजाल (नेडाक) को साधारण सभामा राष्ट्रिय सहकारी बैंक लि. को तर्फबाट प्रबन्ध संचालक के. बी. उप्रेती नेडाक समितिको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन |

राष्ट्रिय सहकारी विकास निगम (NCDC) भारतको आयोजनामा National Academy of Agriculture Sciences, NASC Complex, DPS Marg, Pusa, मा November १५- १६ सम्म भै रहेको NEDAC को साधारण सभा भारतको Minister of state for agriculture पर्शोत्तम रुपलाबाट उद्घाटन भएको हो | NEDAC को सदस्य NCDC सन् १९६३ मा स्थापना भै भारतमा सहकारी क्षेत्रको लागि विशेष रुपमा संचालित छ | FAO Annex, बैंककमा सचिवालय रहेको NEDAC, ९ एसियन राष्ट्रका १६ संस्थाको संजाल बाट शुरु भएकोमा हाल २४ सदस्य संस्थाहरु यसमा आबद्ध रहेको छ |

प्रकाशित : ३० कार्तिक २०७५, शुक्रबार १७:०२