आइएमईको दशैंमा बिस लाख योजनाको पहिलो विजेता घोषणा नेत्रबहादुर मल्लले जिते एक लाख « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आइएमईको दशैंमा बिस लाख योजनाको पहिलो विजेता घोषणा नेत्रबहादुर मल्लले जिते एक लाख



काठमाडौं ।नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले २०७५ सालमा मनाइने पर्वहरू जस्तैः–दशैं, दीपावली र छठलाई लक्षित गर्दै ल्याएको सेवा ग्राहीमूखि प्रवद्र्धनात्मक कार्यक्रम‘दशैंमा बिस लाख’योजना अन्तर्गत पहिलो महिनाको विजेता घोषणा गरेको छ ।क्योदाइ रेमिटेन्स जापानबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही  नेत्र बहादुर मल्ल सफ्टवेयर पद्वतीमा आधारित ‘लक्की ड्र’ बाट पहिलो महिनाको विजेता घोषित भएका छन् ।सेवाग्राही मल्लले नगद रू. १,००,००० ( एक लाख ) प्राप्त गरेका  छन् ।आइएमई केन्द्रीय कार्यालय पानीपोखरीमा हालै आयोजित विजेता घोषणा  कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत   सुमन पोखरेल ,प्रमुख संचालनअधिकृत द्वय खिलेन्द्र पौडेल र रुद्रराज पौडेललेको उपस्थिती रहेको थियो ।उपहार स्वरुपको रकम रु १,००,०००( अक्षेरूपी एक लाख )आइएमईका प्रमुख कार्यकारी अधिकृत   सुमन पोखरेल मार्फत्चेक द्वारा नेत्र बहादुर मल्लको सिफारिस बमोजिम रीता सुनुवार लाई हस्तान्तरण गरेकाे छ ।
२०७५ साल असोज ७गतेदेखि शुरु भई २०७५ साल मङ्गसिर मसान्त सम्म लागु हुने सेवा ग्राहीमुखी यस योजना अन्तर्गत अहिले सम्म मासिक ‘लक्कीड्र’ बाट एकजना, साप्ताहिक ‘लक्कीड्र’ बाट पाँच जना र दैनिक ‘लक्कीड्र’ बाट तीन सयजना सेवाग्राही हरू विजेता घोषित भइ सकेका छन्  ।
योजना अवधिमा विदेश तथा स्वदेशबाट आइएमई गर्ने सम्पूर्ण सेवाग्राही सहभागी हुन सक्ने छन्  ।आफ्नो स्थापना काल देखि नै विभिन्न सेवा ग्राहीमूखि र व्यवसायीक साझेदार मूखि योजना सार्वजनिक गर्दै आइरहेको आइएमईले यस पालीका पर्वहरूमा देश विदेशमा रहनु भएका लाखौँ सेवा ग्राहीहरूलाई लक्षित गरी प्रवद्र्धनात्मक योजना जारी राखेको छ ।योजना अवधिभर गरिएको ट्रान्जेक्सनलाई आइएमईको सफ्टवेयर पद्वतिमा लिङ्क गरि ‘लक्की ड्र’ बाट छनोट हुने विजेताहरु मध्ये हरेक दिन १०जना भाग्यशाली सेवाग्राहीलाई‘आइएमई पे’मार्फतरू.१००० को बिल भुक्तानी, हरेक हप्ता१ जना भाग्यशाली सेवाग्राही लाई रू.१०,००० नगद, हरेक महिना१ जना भाग्यशाली सेवाग्राहीलाई रू.१ लाख नगद तथा बम्परमा १ जना भाग्यशाली सेवाग्राहीलाई रू.२०(बिस) लाख नगद प्रदान गरिनेछ ।नेपाली समुदायमा मनाइने विभिन्न सांस्कृतिक पर्वहरूमा आफ्ना लाखौँ सेवा ग्राहीहरूको भावनालाई मध्यनजर गर्दै यस्ता प्रवद्र्धनात्मक कार्यक्रम संचालन गर्ने परम्परा आइएमईले आफ्नो स्थापनाकाल देखि नै गर्दै आइरहेकोछ ।
‘लक्कीड्र’बाट छानिएका विजेता सेवाग्राहीहरूको सिफारिस बमोजिम नेपालमा बस्नुहुने आफन्तलाई समेत पुरस्कार प्रदान गरिने छ । सेवाग्राहीले आइएमईको जुनसुकै एजेन्ट संजाल मार्फत् रेमिटेन्स कारोबार गरेको भौचरको सक्कल कपी योजना अवधि सम्म सुरक्षित राख्नुपर्नेछ ।आइएमईमा कार्यरत कर्मचारी, संस्थापक, एजेन्ट संचालक तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउने छैन।विजेताले प्राप्तगर्ने पुरस्कार राशीमा नेपाल सरकारको नियमा अनुसार लाग्ने कर कट्टी गरिने छ ।योजनाको सर्वाधिकार यस कम्पनीमा निहित हुनेछ ।विस्तृत जानकारी कम्पनीको आधिकारिक वेवसाइट, सामाजिक संजाल, सहकार्यमा रहेका एजेन्ट साझेदार, क्षेत्रीयसम्पर्क कार्यालय एवम्प्रतिनिधि,विदेशस्थित सम्बन्धित कार्यालय, केन्द्रीय कार्यालय एव संचार माध्यममार्फत् प्राप्त गर्न सकिनेछ ।
आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँच सम्मपु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १८औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय८४आइएमई सेन्ट र सहित ७७जिल्लाका ८ हजार ५ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत्वि देशमा कार्यरत नेपालीहरुले दःुखगरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो,विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

प्रकाशित : ३० कार्तिक २०७५, शुक्रबार १४:५४