सानिमा लाइफकाे नयाँ जीवन बीमालेखा “सानिमा दम्पती जीवन बीमा” « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सानिमा लाइफकाे नयाँ जीवन बीमालेखा “सानिमा दम्पती जीवन बीमा”



काठमाडौं। सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ जीवन बीमालेखा ल्याएको छ।सानिमा दम्पती ९सावधिक० जीवन बीमा योजना ल्याएको हो।   यस योजनामा एउटै वीमा लेखमा श्रीमान तथा श्रीमतीलाई जीवनवीमा प्रदान गरिने छ । कम्पनीले आर्जन गरेको मुनाफामा सरिक भईआर्थिक सुरक्षा तथा वचत गर्न पाईने हँुदा जीवन बीमाको क्षेत्रमा उत्तम योजना सावित भएको छ ।

यस योजनामा  न्युनतमवीमाङ्क रु.५०,००० र अधिक्तम वीमाङ्क (असिमित) रहेकाे छ । यस  जीवन वीमाको लागी न्युनतम प्रवेश उमेर २१बर्ष छ भने अधिक्तम प्रवेश उमेर ५० बर्ष रहेकाे छ । यस जीवन वीमाको न्युनतम वीमा अवधि १५ बर्ष र  अधिक्तम वीमा अवधि ३०बर्ष रहेकाे छ । अधिक्तमवीमा समाप्ती उमेर ७० बर्ष रहेकाे छ ।

वीमाङ्क रकम भुक्तानी दिने अवस्था
वीमा समाप्ती मितिमा दुवै वा कुनै एक दम्पती जीवीत रहेमा वीमाङ्क र पुरा अवधिको वोनस एक मुष्ट
प्रदानगरिने छ ।  वीमा अवधि भित्र वीमा लेख चालु रहेको अवस्थामा वीमीत दम्पती मध्य कुनै एकको मृत्यु भएमा वीमाङ्क  रकम भुक्तानी हुने छ
वीमा लेख चालु रहेको अवस्थामा वीमीत दम्पती मध्य बाँकी जीवीत बीमितको मृत्यु भएमा वीमाङ्क
समानुपातिक आर्जित वोनस एक मुष्ट भुक्तानी गरिने छ ।

सानिमा दम्पती जीवन बीमा योजना अन्र्तगत जीवन बीमा गरी न्यूनतम २बर्षको बीमा शुल्क भुक्तानी पश्चात बीमा लेख चुक्ता बीमा लेखको लागि योग्य हुने छ । त्यस्तो बीमा लेख बाट बीमितले चाहेमा समर्पण मूल्य प्रात्त गर्न सकिने छ । बीमा समिति बाट स्वीकृति विधि प्रयोग गरी वैज्ञानिक तरिकाले समर्पण मुल्य निधारण गरिने छ र बीमा लेखको धितोमा समर्पण मुल्यको ९०५ सम्म कर्जा प्राप्त गर्न सकिने छ ।
वीमीतले दम्पती जीवन बीमा योजनामा थप वीमा शुल्क तिरी पुरक करारको रुपमा दुर्घटना मृत्यु  लाभADBअपाङ्ग / अशक्त (PTD / PWD )सुविधा लिन सकिने छ ।

प्रकाशित : ३० कार्तिक २०७५, शुक्रबार १४:३६