काठमाडौं ।सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारणसभा पुस ७ गते हुने भएको छ । लघुवित्तको कार्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले सो नर्णिय गरेको हो ।साधारणसभामा ४२.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।
साथै लघुवित्तले बोनस पश्चात कायम हुने चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव समेत गरेको छ ।
लघुवित्तको साधारणसभा पुस ७ गते ,पुतलीबजार नगरपालिका वार्ड नं। १ स्याङ्जामा बिहान ८ बजे हुने भएको छ ।
Comment