स्ट्याण्डर्ड चार्टर्ड बैंककाे नाफा २६ दशमलव ७७ प्रतिशतले वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

स्ट्याण्डर्ड चार्टर्ड बैंककाे नाफा २६ दशमलव ७७ प्रतिशतले वृद्धि



काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालू आर्थिक बर्षको पहिलो त्रैमासमा ६३ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत वर्षको सोहि अवधिको तुलनामा २६ दशमलव ७७ प्रतिशतले वृद्धि गरेको हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले ५० करोड ०२ लाख खुद नाफा कमाएको थियो ।

बैंकले गत वर्ष शतप्रतिशत बोनस वितरण गरेर ८ अर्ब १ करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी पुर्याएको थियो । बैंकको जगेडा कोषमा ६ अर्ब ७८ करोड ९१ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेप ६५ अर्ब ४७ करोड ९ लाख रुपैयाँ संकलन गरी कर्जा ४८ अर्ब ३६ करोड ४८ लाख रुपैयाँ लगानी गरेको छ ।

बैकले खुद व्याज आम्दानीमा १२ दशमलव २६ प्रतिशतले वृद्धि गरी ८४ करोड २३ लाख रुपैयाँ आर्जन गरेको छ भने संचालन मुनाफामा २६ दशमलव ७५ प्रतिशतले वृद्धि गरी ९० करोड ५९ लाख रुपैयाँ पुयाएको छ ।

बैंकको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ६६ पैसा, प्रतिशेयर नेटवर्थ १८४ रुपैयाँ ७४ पैसा र मूल्य आम्दानी अनुपात २२.३३ गुणा रहेको छ ।

बैकको पूँजी कोष अनुपात २३ दशमलव ४४ प्रतिशत, निष्कृय कर्जा शुन्य दशमलव २१ प्रतिशत, आधार ब्याजदर ८ दशमलव १४ प्रतिशत र कोषको लागत ४ दशमलव ८२ प्रतिशत र कर्जा निक्षेप अनुपात ६८ दशमलव ३४ प्रतिशत रहेको छ ।

प्रकाशित : २७ कार्तिक २०७५, मंगलवार १२:२१