लगानीकर्ता तथा ब्रोकरलाई केवाइसी अपडेट गर्न आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

लगानीकर्ता तथा ब्रोकरलाई केवाइसी अपडेट गर्न आग्रह



काठमाण्डौ ।अनलाइन सेयर कारोबार प्रणालीमा  समस्या आएपछि नेप्सेले लगानीकर्ता तथा ब्रोकरलाई केवाइसी अपडेट गर्न  सुचना निकालेकाे छ ।

नेप्सेले ब्रोकर तथा लगानीकर्तालाई केवाइसी अपडेट गर्न आग्रह गर्दै आवश्यक जानकारी अपडेट नगराई ब्रोकरको प्रणाली(टिएमएस) कारोबार गर्न नसकिने प्रष्ट पारेको छ ।

केही ब्रोकर तथा लगानीकर्ताहरुले टिएमएसमार्फत कारोबार गर्न नपाएको भन्ने जानकारी प्राप्त भएको र नेप्सेको पुरानो कारोबार प्रणाली(सिटिएस)मा केवाइसी अपडेट नभएका अथवा अपडेट गरे पनि केही आवश्यक पर्ने विवरण छुटेका कारण  समस्या अाएकाे नेप्सेले जनकारी गराएकाे छ  ।

नेप्सेले माग गरिएको व्यक्तिगत वा संस्थागत विवरण आफ्ना ब्रोकरलाई उपलब्ध गराउन लगानीकर्तालाई आह्वान गरेको छ ।

विवरण अपडेट नगरी युनिक क्लाइन्ट कोड(यूसीसी) प्राप्त नहुने र टिएमएसमा कारोबार गर्न समेत नसकिने नेप्सेको सूचनामा उल्लेख छ ।

नेप्सेका अनुसार कर्पोरेट क्लाइन्टहरुले आफ्ना ब्रोकरलाई क्लाइन्टको नाम, क्लाइन्टको कोड, रजिस्टेसन नम्बर र रजिस्टेसन डेट(मिति) उपलब्ध गराउनुपर्नेछ ।

यस्तै, व्यक्तिगत क्लाइन्टका लागि नाम, कोडनम्बर, जन्ममिति, नागरिकता जारी मिति, नागरिकताको नम्बर र नागरिकता जारी भएको जिल्ला सम्बन्धी विवरण उपलब्ध गराउनुपर्नेछ ।

 

 

प्रकाशित : २७ कार्तिक २०७५, मंगलवार १२:२६