काठमाडाै । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलबार(कात्तिक २० गते)देखि पूर्ण रुपमा अनलाइन कारोबार प्रणालीको सुरुवात गरेको छ । होटल याक एण्ड यतिमा आयोजित एक विशेष समारोहकाबीच अर्थमन्त्री डा. युवराज खतिवडाले अनलाइन कारोबार प्रणालीको उद्घाटन गरे ।
यो प्रणाली सुरु भएसँगै अब सेयर लगानीकर्ताहरुलाई ब्रोकर कार्यालय धाइरहनु पर्ने बाध्यता हटेको छ । दिनदिनै ब्रोकर अफिस धाइराख्नु पर्ने बाध्यता हटाउन तथा स्वदेश तथा विदेशमा छरिएर रहेका सबै नेपालीले सहज तरिकाले सेयर कारोबार गर्न पाउन भन्ने उद्देश्यले अनलाइन कारोबार प्रणाली सुरु गरेको नेप्सेले जनाएको छ । अब इन्टरनेटको पहुँच भएको जुनसुकै स्थानबाट सेयर खरिदविक्री गर्न सकिने भएको छ ।
Comment