निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको २०औं स्थापना दिवसको उपलक्ष्यमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको २०औं स्थापना दिवसको उपलक्ष्यमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न



काठमाडाैँ । देशभरिका ७ वटै प्रदेशका ७७ वटै जिल्लाहरुमा १८१ वटा शाखा सञ्जालमार्फत लघुवित्त सेवा प्रदान गरी रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको २०औं स्थापना दिवसको उपलक्ष्यमा २०७५ कार्तिक १३ गते मंगलबारका दिन चितवन जिल्ला खैरहनी नगरपालिका वडा नं. १३ बैरियामा १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । उक्त स्वास्थ्य कार्यक्रममा हर्नरी महिला समाज, हर्नरी र बैरिया महिला समाज, बैरियाका ग्राहक सदस्यहरु तथा अभिभावकहरु गरी ४० जना र स्थानीय बासिन्दाहरु २० जना गरी कूल ६० जना प्रत्यक्ष लाभान्वित भएका थिए । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिभिटेड टाँडी शाखाको आयोजना सम्पन्न भएको उतm निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा चितवन जिल्ला टाँडी स्थित क्षितिज डेन्टल केयर र मुतिmनाथ चश्मा पसल टाँडीको प्राविधिक सहयोग रहेको थियो । उतm स्वास्थ्य शिविरमा दन्त रोग सेवा र आँखा परीक्षण सेवा प्रदान गरिएको थियो ।

सो अवसरमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय टाँडीका शाखा प्रमुख ज्योति राज रेग्मीले देशैभरिका सातै प्रदेशमा ७७ वटै जिल्लाहरुमा १८१ वटा शाखा सञ्जालमार्फत लघुवित्त सेवा प्रदान गरी रहेको यस संस्थाको २०७५ भाद्र मसान्तसम्ममा ग्राहक सदस्य ३ लाख २० हजार ८ सय ३१ भएको, लगानीमा रहेको कर्जा रु. १५ अरब ४९ करोड ९४ लाख रहेको र बचत रु. ८ अरब ७० करोड १७ लाख रहेको जानकारी गराउनु भएको थियो । साथै संस्थाको स्थापना दिवसको उपलक्ष्यमा आयोजित उतm निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न प्राविधिक सहयोग गर्नु हुने चितवन जिल्ला टाँडी बकुल्हर स्थित क्षितिज डेन्टल केयर र मुतिmनाथ चश्मा पसललाई शाखा प्रमुख रेग्मीले धन्यवादज्ञापन गरेका थिए ।

प्रकाशित : १५ कार्तिक २०७५, बिहीबार १२:४२