नेप्सेमा ६ वटा कम्पनीका ९७ लाख ११ हजार ७२३ दशमलव ६२ कित्ता शेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नेप्सेमा ६ वटा कम्पनीका ९७ लाख ११ हजार ७२३ दशमलव ६२ कित्ता शेयर सूचिकृत



काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ६ वटा कम्पनीहरुको शेयर सूचिकृत भएका छन् । ६ वटा कम्पनीको ९७ लाख ११ हजार ७२३ दशमलव ६२ कित्ता शेयर नेप्सेमा सूचिकृत भएका छन् ।

सूचिकृत हुनेमा ४ वटा कम्पनीको बोनस शेयर र २ वटा कम्पनीको हकप्रद शेयर रहेको छ । ६५ लाख ३६ हजार ६०५ दशमलव ९९ कित्ता बोनस शेयर र ३१ लाख ७५ हजार ११७ दशमलव ६३ कित्ता हकप्रद शेयर सूचिकृत भएको छ ।

बोनस शेयरमा सूर्या लाइफ इन्स्योरेन्सको १२ लाख १२ हजार ७५० कित्ता, पोखरा फाइनान्सको ६ लाख २२ हजार ९३३ दशमलव ४९ कित्ता, गण्डकी विकास बैंकको ४४ लाख ५० हजार ९२२ दशमलव ५० कित्ता र समीट माइक्रोफाइनान्सको २ लाख ५० हजार कित्ता गरी कुल ६५ लाख ३६ हजार ६०५ दशमलव ९९ कित्ता शेयर नेप्सेमा यस साता सूचिकृत भएको हो ।

त्यस्तै गरी हकप्रद शेयरमा प्रभु इन्स्योरेन्सको ३१ लाख ६६ हजार ६७७ दशमलव ६३ कित्ता र समीट लघुवित्तको ८ हजार ४४० कित्ता गरी कुल ३१ लाख ७५ हजार ११७ दशमलव ६३ कित्ता शेयर सूचिकृत भएको छ ।

बोनस र हकप्रद शेयर गरी यस साताभर नेप्सेमा ९७ लाख ११ हजार ७२३ दशमलव ६२ कित्ता शेयर नेप्सेमा सूचिकृत भएका छन् ।

प्रकाशित : ९ कार्तिक २०७५, शुक्रबार १४:०५