नेपाल इन्भेष्टमेण्ट बैंकको NIBL Mastercard « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल इन्भेष्टमेण्ट बैंकको NIBL Mastercard



काठमाडौँ । आफ्ना ग्राहकहरुलाई आर्थिक कारोवारमा सहजता प्रदान गर्ने उद्देश्यले नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले मास्टरकार्डसँग सहकार्य गरी मास्टर डेविट कार्डको समुद्घाटन गरेको छ ।

NIBL Mastercard को समुद्घाटनपछि बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेले मास्टरकाडसँग सहकार्य गर्न पाएकोमा खुसी लागेको बताउदै आफ्ना संजाल बैंकमार्फत मास्टरकार्डको सेवालाई नेपाली बजारमा विशेष रुपले विस्तार गर्नेमा विश्वास दिलाउनु भयो ।

काार्यक्रममा मास्टरकार्डका दक्षिण एशियाली आर्थिक व्यवस्थापनका Vice President विकास बर्माले नेपालमा पछिल्लो समय विद्युतीय भुक्तानीमा देखिएको विकासक्रमको प्रसंशा गर्दै नेपाल इन्भेष्टमेण्ट बैंकसँग भएको मास्टरकार्डको सहकार्यले थप भुमिका खेल्नेमा आशावादी रहेको बताए ।

बैंकले आन्तरीक तथा बाह्य बजारलाई लक्षित गरी दुई प्रकारको कार्ड प्रयोगमा ल्याएको छ । स्थानीय (Domestic) कार्ड नेपाल लगायत भारतमा समेत प्रयोग गर्न सकिन्छ भने अन्तर्राष्ट्रिय (International)कार्ड विश्वभर प्रयोग गर्न सकिन्छ ।

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मास्टरकार्डको सहकार्यमा NIBL Mastercard को समुद्घाटनसंगै तीन महिनासम्म आफ्ना ग्राहक महानुभावलाई बिना कुनै शुल्क कार्ड जारी गर्ने र साथै यस्तो मास्टरकार्डबाट कारोवार गरेवापत नगद फिर्ता भुक्तानी (cash back) पनि उपलब्ध गराउने योजना बैंकले ल्याएकोछ । यसका लागि भने केहि शर्तहरु लागूहुने छ ।

नेपालीहरुको महान चाडपर्व नजिकिदै गर्दा आफ्ना ग्राहकहरुलाई NIBL Mastercardले आर्थिक कारोवार गर्न सहयोग पु¥याउनेमा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले विश्वास लिएकोछ ।

७७ वटा शाखा पुगेको बैंकको नौ लाखभन्दा बढी उपभोक्ता रहेका छन् । अहिलेसम्म २६५७ वटा पस ( Point of Sale ) मेसिन जडान भइसकेका छन् भने १०५ वटा एटिएम रहेको छ । भर्खरै यूरोमनि अवार्ड–“उत्कृष्ट बैंक नेपाल– २०१८” जितेको बैंकले पाँच पटकसम्म “बैंक अफ द इयर” अवार्ड प्राप्त गरिसकेकोे छ ।

प्रकाशित : २५ आश्विन २०७५, बिहीबार २१:०३