सहकारीका कारण वित्तिय क्षेत्रमा जुन सुकै बेला संकट अाउन सक्छः गभर्नर नेपाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सहकारीका कारण वित्तिय क्षेत्रमा जुन सुकै बेला संकट अाउन सक्छः गभर्नर नेपाल



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सहकारीका कारण जुन सुकै बेला पनि संकट अाउन सक्ने दाबी गरेका छन् । राजधानीमा आयोजित वित्तीय स्थायित्वका कार्यक्रममा बोल्दै गभर्नर नेपालले सरकारीमा भएको रकमले जुनसुकै समयमा पनि वित्तीय क्षेत्रको स्थायित्व हल्लाउन सक्ने बताए बताएका हुन । ठूला कारोबार गर्ने सहकारीहरूको राष्ट्र बैंकले तत्कालका लागि नियमन गरे पनि त्यो लामो समय सम्भव नहुँने उनको कथन थियो ।

संकट आउन नदिन सहकारी क्षेत्रलाई मात्र हेरेर हुँदैन, हरेक वित्तीय क्षेत्रलाई हेर्नुपर्ने उनको भनाइ छ ।

डा. नेपालले पैसाको कारोबारलाई सधैं कडा नियमन आवश्यक रहेको उल्लेख गर्दै भने–‘वित्तीय संस्थाभन्दा बाहिर हुने पैसाको कारोबारमा कडाई गर्नुपर्छ, वित्तीय क्षेत्रको स्थायित्वका लागि दिगोपन र निरन्तरता आवश्यक छ ।’

प्रकाशित : १९ आश्विन २०७५, शुक्रबार १२:५०