स्वदेशी लघुवित्तकाे शतप्रतिशत हकप्रद शेयर आज देखि बिक्री खुल्ला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

स्वदेशी लघुवित्तकाे शतप्रतिशत हकप्रद शेयर आज देखि बिक्री खुल्ला



काठमाडौँ। स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे शतप्रतिशत हकप्रद शेयर आज देखि बिक्री खुल्ला भएको छ । लघुवित्तले १ बराबर १ अनुपातमा ११ लाख ५० हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । यो वित्तीय संस्थाको हकप्रद शेयरको आवेदन कात्तिक २६ गतेसम्म खुल्ला रहने छ । भदौं २५ गत सम्म कायम  शेयरधनीले मात्रै याे  हकप्रद भर्न  पाउने छन  ।

याे हकप्रदकाे बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल रहेकाे छ ।  लगानीकर्ताले बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं तथा स्वदेशीको सम्पूर्ण शाखाबाट आवेदन दिन सक्नेछन् र सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न सकिन्छ ।

हाल स्वदेशीको चुक्ता पुँजी ११ करोड ५० लाख रुपैयाँ छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी २३ करोड रुपैयाँ पुग्नेछ ।

क्रेडिट रेटिङ एजेन्सी केयर नेपाल रेटिङस्ले स्वदेशीको हकप्रदलाई केयर–एनपी आइपीओ ग्रेड ४ रेटिङ दिएको छ ।

 

प्रकाशित : २३ आश्विन २०७५, मंगलवार १३:०३