आँखुखोला हाईड्रोपावरको १३ लाख कित्ता आईपीओ खुल्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

आँखुखोला हाईड्रोपावरको १३ लाख कित्ता आईपीओ खुल्यो



काठमाडाै । धादिङमा ८.४ मेगावाटको आयोजना संचालन गरिरहेको आँखुखोला हाइड्रोपावर १३ लाख कित्ता प्राथमिक शेयर (आईपीओ) सर्बसाधारणमा बिक्री आज मंगलबारदेखि खुला गरेको छ ।

कम्पनीले धादिड.बासीलाई बिक्री गर्न प्रयास गरेको ८ लाख कित्ताबाट बाँकी रहेको एक लाख ७६ हजार कित्ता समेत थप गरी सर्बसाधारणमा १३ लाख ७६ हजार कित्ता शेयर बिक्रीमा ल्याएकोमा त्यस मध्येको ६८ हजार ८०१ कित्ता शेयर दुई वटा सामुहिक लगानी कोषले हात पारेका छन् ।

सर्बसाधारणमा निश्काशन गर्न लागिएको १३ लाख ७६ हजार कित्ताबाट पाँच प्रतिशत अर्थात ६८ हजार ८०१ कित्ता सामुहिक लगानी कोषहरुका लागि छ्ट्याईएकोमा नबिल ब्लालेन्स फण्ड र एनआईसी एशिया ग्रोथ फण्डले बराबरी हात पारेको बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ ।

आँखुखोलाले असोज २३ गतेदेखि २६ गतेसम्म सर्बसाधारणमा शेयर बिक्री खुला गरेको हो ।

प्रकाशित : २३ आश्विन २०७५, मंगलवार १२:४३