आइएमई लिमिटेड र भरोसा अस्पताल वीच स्वास्थ्य सेवा सम्बन्धि सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आइएमई लिमिटेड र भरोसा अस्पताल वीच स्वास्थ्य सेवा सम्बन्धि सम्झौता



काठमाडौं।आइएमई लिमिटेड र भरोसा अस्पतालवीचगत सोमबार सम्झौता भएको छ ।सम्झौता अनुसार आइएमई प्रि भिलेज कार्डवाहक सेवाग्राहीहरूले अस्पतालको सेवामा १० प्रतिशत सम्म विशेष छुट पाउनु हुनेछ ।यो सुविधा अस्पताल भित्रको सेवामा मात्रलागु हुनेछ ।

यो सुविधालिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड अस्पतालको ओपीडी शाखामा देखाउनु पर्नेछ । सम्झौता पत्रमा आइएमई लिमिटेडका तर्फबाट ब्यापार प्रवद्र्घन अधिकृत अभिनाष श्रेष्ठ र भरोसा अस्पतालको तर्फबाट प्रशासन अधिकृत सुर्य आचार्यले हस्ताक्षर गरेका छन् ।यो सम्झौता यहि मिति २०७५ साल असोज०५ गते देखि दुई वर्ष सम्मका लागि लागु  हुनेछ।

आइ एम ई सँग आवद्ध सेवा ग्राहीहरूलाई विभिन्न सेवामा सहुलियतपूर्ण सुविधा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू संचालन गर्दै आइएको आइएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले बताए।

आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको  पहुँच सम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १८औँ वर्षसम्ममा नेपालका शहरीतथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १सय ८१ आइएमई सेन्टर सहित ७७ जिल्लाका ८ हजार ५ सय भन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीहरुले दःुखगरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो,विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

प्रकाशित : ८ आश्विन २०७५, सोमबार १४:५४