काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंंका लागि नयाँ नोट साट्न खुला गर्ने भएको छ । दशैंका लागि सानादेखि ठूला दरका नोट समेत बजारमा जानेछ । बैंकले प्रतिव्यक्ति २७ हजारका दरका दरले नोट साट्ने व्यवस्था मिलाउन लागेको हो ।
बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट प्रतिव्यक्ति अधिकतम् २७ हजार रुपैयाँसम्म साट्ने व्यवस्था गर्ने तयारी गरेको छ । नोट साट्दा बैंकले प्रत्येक नोट थानमात्र साट्ने अर्थात खुला नसाट्ने बताएको छ ।
नयाँ साटनको लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि १२/१३ गतेदेखि खुल्ने जनाएको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए । सर्वसाधारणको लागि भने दशैं शुरु हुने एक साता अघि वा २०/२१ गतेसम्म खुल्ने राष्ट्र बैंकले बताएको छ । बैंकले गत वर्षकै हाराहारीमा नोट साट्ने व्यवस्था मिलाएको छ
बैंकले दशैंका लक्ष्य गरी ४० अर्ब नयाँ नोट बजारमा पठाउने तयारी गरेको छ । सर्वसाधारणलाई नयाँ नोट साट्न कसरी सहज हुन्छ भन्ने विषयमा भने राष्ट्र बैंक छलफल भइरहेको छ ।
राष्ट्र बैंकले उपत्यकाभित्र र बाहिर नयाँ नोट साट्ने व्यवस्था मिलाउने छ । उपत्यकाबाहिर राष्ट्र बैंकका जिल्लास्थित सातवटा कार्यालयबाट पनि नयाँ नोट साट्न पाइनेछ । ‘राष्ट्र बैंकका उपत्यकाबाहिरका कार्यालय र राष्ट्र बैंक मातहत सञ्चालित नोट कोष रहेका वाणिज्य बैंकहरुले समेत सर्वसाधारणलाई नयाँ नोट साट्ने सुविधा उपलब्ध गराउने छन् ।
Comment