काठमाडौं । गरिमा विकास बैंकले लाभांश दिने भएको छ । बैँककाे भदै २५ गते बसेकाे सञ्चालक समितिकाे बैठकले हाल कायम २ अर्ब ५३ करोड ४८ लाख ७९ हजार ९९७.०७ रुपैयाँ चुक्ता पुँजीको १०% बोनस र ३.७५% नगद गरी कुल १३.७५% लाभांश दिने निर्णय गरेको हो । बैंक सञ्चालक समितिले प्रस्ताव गरेको लाभांस नेपाल राष्ट्र बैंकवाट स्वीकृत भएपश्चात बैंकको साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीलाई वितरण गरिनेछ ।
२६ भाद्र २०७५, मंगलवार १२:४०
Comment