ज्योति विकास बैंकले नगद लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ज्योति विकास बैंकले नगद लाभांश दिने



काठमाडौं । ज्योति विकास बैंकले लगानीकर्ताहरुलाई नगद लाभांश दिने भएको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट चुक्ता पुँजीको ८.४०%  नगद लाभांश दिने प्रस्ताव गरेको छ  ।

बैंकका अनुसार नगद लाभांशबाट पाउने रकमबाट खण्डिकृत सेयरमा रहेको भिन्न अंक थप गरी पूर्ण सेयर कायम गरिनेछ तथा हकप्रद सेयर वितरण गर्दा बैंकले प्राप्त गर्न बाँकी रकम तथा नगद लाभांशमा सेयरधनीले कर बापत बुझाउनुपर्ने रकम कट्टा गरेर बाँकी रकम मात्र सम्बन्धित सेयरधनीलाई वितरण गर्ने छ  ।

बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट र बैंककाे आगामी बार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीले पाउने छन्  ।

प्रकाशित : २५ भाद्र २०७५, सोमबार ११:३४