प्रभु बैंकको २ वटा शाखा कार्यालय सञ्चालन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रभु बैंकको २ वटा शाखा कार्यालय सञ्चालन



काठमाडौँ ।संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा बैंकिङ्ग पहुँचबाट टाढा रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउने लक्ष्य सहित प्रभु बैंक लिमिटेडले प्रदेश नं. ४ अन्तर्गत मुस्ताङ्ग जिल्लाको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा लोघेकर दामोदरकुण्ड शाखा र लोमान्थाङ गाँउपालिकामा लोमान्थाङ शाखा गरी आज देखि २ वटा नयाँ शाखाकार्यालयहरु सञ्चालनमा ल्याएको छ ।

आजदेखि सञ्चालनमा आएका मुस्ताङ्ग जिल्ला स्थित बैंकको लोघेकर दामोदरकुण्ड तथा लोमान्थाङ शाखा कार्यालयबाट त्यहाँका स्थानीय सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र दुवै गाउँपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ । यी दुइ शाखाहरुसंगै मुस्ताङ्ग जिल्लाको सवै गाँउपालिकाहरुमा प्रभु बैकको शाखाहरुबाट बैकिङ्ग पहुच पुगेको छ ।

प्रकाशित : २० भाद्र २०७५, बुधबार १२:३५