नेचुरल सहकारीले सदस्यहरुलाई एटिएम सेवा दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेचुरल सहकारीले सदस्यहरुलाई एटिएम सेवा दिने



काठमाडौं  । जोरपाटीमा रहेको नेचुरल बचत तथा ऋण सहकारीले सदस्यहरुलाई एटिएम सेवा दिने भएको छ । संस्थाले छिट्टैनै सदस्यहरुकोलागि एटिएम सुविधा दिनलागेको वताएको हो ।
संस्थाको १० औं वार्षिक साधारण सभाको अवसरमा संस्थाका प्रमुख कार्यकारी संचालक विकल्प पाठकले संस्थाको आर्थिक वर्ष ०७४÷०७५ को प्रगती प्रतिवेदन प्रस्तुत गर्दै सदस्यलाई एटिएम सुविधा दिनलागेको वताएका हुन् । उनले नेचुरल स्मार्ट मोवाइल एप्स् तथा एसएमएस वैंकिङ सेवा र ब्रान्चलेस वैंकिङ सेवा संचालन गरिसकेको समेत जानकारी दिए ।
प्रमुख कार्यकारी संचालक पाठकले संस्थाले गत आर्थिक वर्षमा ५ करोड ३३ लाख ९९ हजार १ सय रुपैंया शेयर पूँजी तथा ६२ करोड २५ लाख ९६ हजार ६ सय ५५ रुपैंया बचत संकलन गरेको जानकारी दिएका छन् भने यसै अर्थिक वर्षमा संस्थाले ६९ करोड ५६ लाख ९२ हजार २ सय ९८ रुपैंया ऋण लगानी गरी ५ करोड ७४ लाख ७८ हजार १ सय ३७ रुपैंया खुद आम्दानी तथा ८९ करोड ८ लाख ९६ हजार ४ सय ३८ रुपैंया कुल कारोवार गरेको सभामा जानकारी दिए ।
सभामा प्रतिवेदन प्रस्तुत गर्दै पाठकले विगतमा संस्थाले रक्तदान, स्वास्थ्य शिविर, अपाङ्ग बालवालिकाका लागि शैक्षिक सामाग्री र खाद्ययान्न वितरण गरिरहेको वताए । त्यसैगरी संस्थाले १० औं वार्षिक साधारण सभामा सदस्यहरुको निशुल्क दंत परिक्षण गराएको थियो ।
संस्थाकी अध्यक्ष शर्मिला अमात्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश नम्वर ३ का साम्सद कृष्ण राईको प्रमुख आतित्थ्यता रहेको थियो । साम्सद राईले कार्यक्रममा सम्मानित उत्कृष्ट कर्मचारी, उत्कृष्ट नियमित कारोवारकर्ता, उत्कृष्ट बचतकर्ता हरुलाई सम्मान गरेका थिए ।
सभामा सभासद लक्ष्मण लम्साल, शंकरापुर नगरपालिकाका प्रमुख शुवर्ण श्रेष्ठ, काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष केशव दंगाल, काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष गोविन्द काफ्ले ,चर्चित हास्य टेलिचलचित्र भद्रोगोलका कालाकार सितेबा लगाएतले संस्था प्रगतीको शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम जयराम सिग्देलले संचालन गरेका थिए ।

प्रकाशित : १७ भाद्र २०७५, आईतवार १२:४७