काठमाडौँ। कारोबारको अन्तिम दिन आज बिहिबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्से ९ दशमलव ३९ अंकले उकालो लागेको छ । आज कारोबारमा आएको होटल समुह बाहेक अरु सबैँ समुहले कमाएका छन् । आज कारोबारमा आएको १६७ कम्पनीको ६ लाख ९४ हजार ३ सय ७८ कित्त सेयर बाट २१ करोड ९ लाख ७३ हजार ३ सय ७२ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै न्नलाइफ इन्स्योरेन्स समुहले कमाएको छ । आज न्नलाइफ इन्स्योरेन्स समुह ६२ दशमलव ४६ अंकले उकालो लागेको छ । आज लाइफ इन्स्योरेन्स समुह २६ दशमलव २१ अंकले, लघुवित्त समुह १४ दशमलव ०३ अंकले, बैँक समुह ९ दशमलव ११ अंकले, उतपादनमुलक समुह ८ दशमलव २६ अंकले, विकास बैँक समुह ७ दशमलव ९१ अंकले, अन्य समुह ६ दशमलव २७ अंकले, जलविधुत समुह ५ दशमलव ३१ अंकले र फाइनान्स समुह १ दशमलव ३२ अंकले उकालो लागेको छ ।
आज होटल समुहले भने गुमाएको छ । आज होटल समुह २ दशमलव ३१ अंकले ओरालो लागेको छ।
१४ भाद्र २०७५, बिहीबार १५:२१
Comment