मुलुकको अर्थतन्त्रबारे नकारात्मक टिकाटिप्पणी नगर्न अर्थमन्त्रीको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

मुलुकको अर्थतन्त्रबारे नकारात्मक टिकाटिप्पणी नगर्न अर्थमन्त्रीको आग्रह



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्रबारे नकारात्मक टिकाटिप्पणी नगर्न आग्रह गरेका छन् । मुलुक सवल अर्थतन्त्र निर्माणको प्रथम चरणमा प्रवेश गरेको दावी गर्दै उनले नकारात्मक टिकाटिप्पणी नगर्न आग्रह गरेका हुन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को १९ औं वाषिर्क साधारण सभामा बोल्दै अर्थमन्त्री खतिवडाले मुलुकको अर्थतन्त्र खतराको विन्दुमा नरहेको उल्लेख गर्दै सवल अर्थतन्त्रको सकारात्मक पक्षलाई केही नकारात्मक सूचकले ढाक्ने प्रयास गर्न नहुने जिकिर गरे ।

अर्थतन्त्र बिग्रियो भनेर हल्ला गर्दा निजी क्षेत्रका साथै विदेशी लगानीकर्ताको मनोबल समेत गिर्ने उनको भनाई छ । बिस्तारै अर्थतन्त्र सबल हुँदै गएको पनि अर्थमन्त्री खतिवडाले दाबी गरे । आफूले बजेट अनुशासनमा राख्ने प्रयास गरेको र केही अनुशासन बाहिर गएकोलाई समेत लिकमा ल्याउने प्रयास जारी राखेको अर्थमन्त्रीले बताए ।

प्रकाशित : १३ भाद्र २०७५, बुधबार १४:५८