मंगलबार नेप्से १ दशमलव ३७ अंकले उकालो लागेर बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मंगलबार नेप्से १ दशमलव ३७ अंकले उकालो लागेर बन्द



काठमाडौँ। मंगलबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्से १ दशमलव ३७ अंकले उकालो लागेको छ । आज कारोबारमा आएको जलविधुत , लाइफ इन्स्योरेन्स र अन्य समुह बाहेक अरु सबै समुहले कमाएको छ। आज कारोबारमा आएको १५४ कम्पनीको ६ लाख २२ हजार ८ सय १ कित्त सेयर बाट १९ करोड ५ लाख १३ हजार ९ सय ९६ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै उतपादनमुलक समुहले कमाएको छ । आज उतपादनमुलक समुह १२ दशमलव २६ अंकले उकालो लागेको छ। आज होटल समुह १२ दशमलव २४ अंकले, विकास बैँक समुह ८ दशमलव ६७ अंकले, न्नलाइफ इन्स्योरेन्स समुह ५ दशमलव ९४ अंकले, लघुवित्त समुह २ दशमलव ९२ अंकले, बैँक समुह १ दशमलव ८९ अंकले, फाइनान्स समुह १ दशमलव ४२ अंकले उकालो लागेको छ।
आज जलविधुत , लाइफ इन्स्योरेन्स र अन्य समुह भने ओरालो लागेको छ । आज जलविधुत समुह ३ दशमलव ०४ अंकले,लाइफ इन्स्योरेन्स समुह ३१ दशमलव ०३ अंकले र अन्य समुह ० दशमलव ८ अंकले ओरालो लागेको छ ।

प्रकाशित : १२ भाद्र २०७५, मंगलवार १५:१७