आइ एम ई र सुमेरु अस्पतालवीच स्वास्थ्य सेवा सम्बन्धि सम्झौता आइ एम ई प्रिभिलेज कार्ड वाहक सेवाग्राहीहरू लाई १० प्रतिशत छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आइ एम ई र सुमेरु अस्पतालवीच स्वास्थ्य सेवा सम्बन्धि सम्झौता आइ एम ई प्रिभिलेज कार्ड वाहक सेवाग्राहीहरू लाई १० प्रतिशत छुट



काठमाडौं।काठमाडौं पानीपोखरी स्थित केन्द्रीय कार्यालय रहेको आइएमई लिमिटेड र सुमेरु अस्पतालवीच गत सोमबार सम्झौता भएको छ ।सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले सुमेरु अस्पतालको सेवामा१०प्रतिशत विशेष छुट पाउने छन् ।त्यस्तै आइएमईमा कार्यरत कर्मचारीहरु र आइएमईका नीजि व्यवसायीक साझेदारहरूले १३ प्रतिशत सम्म छुट प्राप्त गर्ने व्यवस्था मिलाइएको छ ।यो सुविधा अस्पताल भित्रको सेवामा मात्र लागु हुनेछ ।
यो सुविधा लिनकालागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड, कर्मचारी परिचय पत्र वा आइ एम ईमा आवद्व भएको प्रमाण पत्र अस्पतालको ओपीडी शाखामा देखाउनु पर्नेछ । सम्झौता पत्रमा आइ एम ई लिमिटेडका तर्फबाट क्षेत्रीय प्रति निधि प्रमुख माधव कटुवाल र सुमेरु अस्पतालको तर्फबाट निर्देशक दीलिप डंगोलले हस्ताक्षर गरेका छन् ।

यो सम्झौता ५ वर्ष सम्मका लागि लागु हुनेछ। आइएमईसँग आवद्ध सेवाग्राहीहरूलाई विभिन्न सेवामा सहुलियतपूर्ण सुविधा प्रदानगर्न सकियोस् भन्ने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू संचालन गर्दै आइएको आइएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले बताए ।
आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँच सम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १८औँ वर्ष सम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ७४ आइएमई सेन्टर सहित ७७ जिल्लाका ८  हजार १ सयभन्दा बढी सव–एजेन्ट र बैंकतथा वित्तीय संस्थाका शाखा मार्फत विदेशमा कार्यरत नेपालीहरुले दःुख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो,विश्वसनीय र सुरक्षिततवरबाट वितरण गर्दै आईरहेको छ ।

प्रकाशित : १२ भाद्र २०७५, मंगलवार १२:०६