काठमडा । प्रिमियर इन्स्योरेन्स र आई एस एम ई कलेज अफ मेडिकल साइन्स (पुरानो मेडिकल कलेज) भरतपुर, चितवन बिच बीमा सेवा प्रदान गर्नको लागि सम्झौता भएको छ । यस स्वास्थ्य विमा अन्तर्गत सम्पूर्ण नेपालीलाई सहज र सूलभ सेवा प्रदान गर्नका निमित्त क्यासलेस सूविधामार्फत हस्पिटल र इन्स्योरेन्स कम्पनीले सम्झौतापत्र तयार गरी सोहीअनूरुप कार्य गर्ने योजना बनाएको छ ।
उक्त सम्झौतापत्रमा प्रिमियर इन्स्योरेन्स कं (नेपाल) लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्यायज्यू र आई एस एम ई कलेज अ¤ाफ मेडिकल साइन्सका तर्फबाट अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत, नगेन्दर के पम्पतीज्यूले हस्ताक्षर गर्नुभयो । यस सम्झौता पश्चात प्रिमियर इन्स्योरेन्सबाट औषधोपचार बीमा सम्बन्धी बिमालेख खरिद गर्ने ग्राहक महानुभावहरुले बीमालेखको सुविधाको आधारमा आई एस एम ई कलेज अ¤ाफ मेडिकल साइन्सबाट नगदखरहित स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने छन् ।
सो अवसरमा प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्याूले प्रिमियर इन्स्योरेन्स र आई एस एम ई कलेज अ¤ाफ मेडिकल साइन्सको सहकार्यले स्वास्थ्य सेवामा प्रगाढ छाप सहित आम नेपालीको स्व्ँँस्थ्य सेवा पहुंचम्ँँ अभिव्ँृद्धि हुन विश्वस्त भएको जानकारी गराउनु भएको छ । साथै आई एस एम ई कलेज अ¤ाफ मेडिकल साइन्सका तर्फबाट अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतले नेपालमा पनि नगदरहित स्वास्थ्य बीमा सेवाको आवश्यकता देखिएको हुनाले सँेलाई मध्यनजर गरी हस्पिटल र इन्स्योरेन्सले यो कदम चालेको जानकारी गराउनु भएको छ ।
१० भाद्र २०७५, आईतवार १८:५७
Comment