एनआरएनको मध्यपुर्व सम्मेलनमा कस्ले के भने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनआरएनको मध्यपुर्व सम्मेलनमा कस्ले के भने



दुवई (युएई)। गैरआवसीय नेपाली संघको मध्यपुर्व सम्मेलन संयुक्त राष्ट्र्र्र इमिरेट्स (युएई) को दुबईमा शुक्रबारबाट शुरु भएको छ ।
सम्मेलनको उद्घाटन नेपाल सरकारको तर्फबाट खानेपानी तथा सरसफाई मन्त्री विना मगरले वैदेशिक रोजगारलाई ऐच्छिक बनाउन चाहिरहेको वताए । ‘हरेक नेपाली युवाहरु गास र बासको लागि विदेशिन नपरोस्,’ उनले भनिन्,‘यसलाई अन्त्य गर्न सरकार योजनाबद्ध रुपमा अगाडि बढेको छ । जुन एकदमै चुनौतीपुर्ण छ ।’
वैदेशिक रोजगारमा जाने कामदारले आफुसग नेपाल सरकारको साथमा रहेको अनुभुति हुने गरी काम भइरहेको बताइन् । ‘वैदेशिक रोजगार ऐन र नियमावलीलाई कामदारको हितमा हुने गरी संशोधन प्रक्रिया अघि बढाइएको छ,’ उनले भनिन्,‘नेपाली कामदारको हितको पक्षमा सरकार वलियो ढंगले उभिएको छ ।’
उनले कोमामा रहेका नेपाली कामदारलाई फिर्ता लैजाने तयारी भइरहेको बताइन् । ‘परिवारले आफुले नै कोमाका विरामीलाई ल्याउन र ब्यबस्था गर्न सकेको छैन । अब कोमाको विरामीको जिम्मेवारी सरकारले लिन्छ ।’, उनले भनिन् ।
नेपाली कााग्रेसका नेता एवं पुर्व श्रममन्त्री रमेश लेखकले वैदेशिक रोजगार नेपालीको लागि बाध्यात्मक अनिवार्य भएको बताउनुभयो । मुलुकमा तत्काल रोजगार सिर्जना गर्न सक्ने स्थिती नभएको र विदेश नै नजाऊ भन्ने अवस्थामा सरकार नरहेको उनले बताए। घरेलु कामदारका सम्बन्धमा सरकारले मध्यमार्गी बाटो पहिल्याउनुपर्ने उनको भनाई थियो । उनले भन्ने, समस्या पर्यो भनेर रोक्ने होइन समाधानको बाटो खोज्ने हो । जटिलता, जोखिम र सम्भाबना र अबसर सबै रहेको विदेशी रेमिटयान्सकै भरमा मुलुकको ठूलो हिस्सा ओगटेको उनको भनाई थियो ।

युवालाई रोजगारी दिएर देशको बिकास गरी मुल प्रबाहमा ल्याउने सम्भाबना तत्कालै छैन । देशभित्र पसिना बगाउनुपर्ने थियो । तर देशबाहिर गएर पसिना मात्रै होइन रगत बगाउनुपरेको छ’, उनले भने,‘यो कामलाई मर्यादीत र सुरक्षीत बनाउने बाहेक हामीसाग अर्को बिकल्प छैन । यतिधेरै जोखिम र जटिलता छ कि जति काम गर्दा पनि गरेको जस्तो देखिन्दैन । जटिलता, जोखिम र सम्भाबना र अबसर दुवै छ । विद्यमान चुनौतीलाई न्युनीकरण गरेर अवसरलाई दोहन गर्नुछ ।’
उनले विदेशमा महिला कामदार समस्यामा पर्‍यो भनेर जान रोक्नु गलत भएको बताए । ‘महिला कामदारको बिषयमा बिशेष सम्झौता गर्नुपर्छ,’ उनले भने ।
एनआरएनका अध्यक्ष भवन भट्टले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको सामाजीक सुरक्षाको लागि पेन्सन फन्ड तयार गर्ने अबधारणा ल्याएको बताउनुभयो । बल छउन्जेल विदेशमा काम गर्ने र कमजोर भएपछि देश फर्कने स्थिति रहेको भन्दै उनले सामाजीक सुरक्षाको लागि पेन्सन फन्ड बनाउन जरुरी बताउनुभयो । स्थिर सरकार बनेपछि संसारले नेपालमा लगानी गर्न वाताबरण बनेको उनको भनाई थियो ।
संस्थापक अध्यक्ष उपेन्द्र महत्तोले देशको आर्थिक समृद्दि भएमात्रै नागरीकको समृद्धि हुने बताउनुभयो । उनले नेपालमा दक्ष जनशक्ति अभाव भएकोले विदेशमा सिकेका ज्ञान सीप नेपालमा भित्र्याउन आवश्यक रहेको बताउनुभयो । विप्रेषणबाट शिक्षा, स्वास्थ्य, निर्माण लगायतको क्षेत्रमा काम गर्न सकिने सम्भावना उनले औल्य ।

गैरआवसीय नेपाली संघका पुर्व अध्यक्ष जीवा लामिछानेले बैदेशिक रोजगारीलाई उच्च प्राथमिकतामा राखेर एनआरएनले काम गर्दै आएको उनले बताए । विश्वव्यापीकरणको युगमा जो जहा पनि जान सक्ने भन्दै उनले  भने, सम्भाबना छ भने जहाा पनि जान सकिन्छ । नेपालले जनशक्ति नै निर्यात गर्न सक्ने हो । अहिले अदक्ष कामदार पठाइरहेको छ । त्यसलाई दक्ष वनाएर पठाउनुपर्छ’, उनले भने,–‘अदक्षको रुपमा गएकोले धेरै समस्याहरु सिर्जना भइरहेको छ । संघको सिमितताले चाहेर पनि धेरै काम गर्न सकिरहेको छैन ।’
युएईका कार्यबाहक राजदूत सागर फुयालले वैदेशिक रोजगारीमा आउने कामदारलाई सचेतना फैलाउन निकै जरुरी रहेको बताउनुभयो । ‘आबश्यक अभिमुखीकरण तालिम दिन श्रम आवासमै गइरहेको छ, उनले भनेका  थियो ।
सम्मेलनमा कतार, साउदी अरव, बहराइन, ओमन, कुबेत लगायत मध्यपुर्वका देशबाट प्रतिनिधि सहभागी भएका छन् । सम्मेलनमा सुरक्षीत र मर्यादीत वैदेशिक रोजगारी, आप्रवासी कामदारको ज्ञान, सीप, विप्रेषण र उद्यमशिलता समृद्दिको लगायत बिषयमा छलफल भइरहेको छ । एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले मध्यपुर्व क्षेत्रमा कार्यरत झन्डै २० लाख नेपालीको मुद्धा र सवालमाथि सम्मेलनले सम्बोधन गर्ने संयोजक आर के शर्मले बताउनुभयो । सम्मेलन युएई घोषणा पत्र जारी गर्दै शनिवार सकिनेछ ।

प्रकाशित : ८ भाद्र २०७५, शुक्रबार १६:३६