काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर सूचीकृत भएकाे छ । लघुवित्तकाे १६ लाख कित्ता सेयर अाज नेप्सेमा सूचीकृत भएको हो ।नाडेपको सेयर कारोबार अाज बाट (बिहीबार) सुरु भएको हो । नाडेपले पहिलो कारोबारका लागि प्रतिकित्ता १९९ रुपैयाँ देखि ५९७ रुपैयाँ ओपन रेन्ज पाएको छ । कम्पनीको सेयर कारोबार संकेत पनि नाडेप (NADEP) तोकिएको छ । कम्पनीले असार १० देखि १३ गतेसम्म ४ लाख ८० हजार कित्ता आइपीओ बिक्री गरेको थियो ।
Comment