नेप्सेमा हरियाली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्सेमा हरियाली



काठमाडौँ। बुधबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्से २८ दशमलव ७३ अंकले उकाले लागेको छ । आज कारोबारमा आएको सबै समुहले कमाएका छन् । आज कारोबारमा आएको १६५ कम्पनीको १० लाख ६८ हजार ५ सय ५७ कित्त सेयर बाट ३६ करोड १ लाख ६३ हजार ४ सय ५८ रुपैयाको कारोबार भएको छ ।

आज सबै भन्दा धेरै न्नलाईफ इन्स्योरेन्स समुहले कमाएको छ। आज न्नलाईफ इन्स्योरेन्स समुह २ सय ५ दशमलव ६४ अंकले उकालो लागेको छ । आज लाइफ इन्स्योरेन्स समुह १ सय २९ दशमलव ८२ अंकले, उतपादनमुलक समुह ३९ दशमलव २३ अंकले, विकास बैँक समुह ३६ दशमलव ८१ अंकले, लघुवित्त समुह ३५ दशमलव २८ अंकले, जलविधुत समुह ३४ दशमलव ५३ अंकले, होटल समुह २९ दशमलव २६ अंकले, बैँक समुह २४ दशमलव ८६ अंकले, अन्य समुह १४ दशमलव ८२ अंकले र फाइनान्स समुह ९ दशमलव २३ अंकले उकालो लागेको छ ।

प्रकाशित : ३० श्रावण २०७५, बुधबार १५:२५