काठमाडाैँ ।नेपाल उद्योग परिसंघका पदाधिकारीहरु सँग श्रावण २८ गते भएको भेटवार्ताका क्रममा नेपालकालागि जापानका नवनियुक्त राजदूत मासामिची साइगो (MasamichiSaigo) ले नेपालको विकास एवं समृद्धिको लागि नेपाली उद्योगी र जापानी उद्योगीहरु बीचको सम्बन्धलाई प्रवद्र्धन गर्न आफू इच्छुक भएको र यसको लागि सहज कर्ताको भूमिका निर्वाह गर्न आफू प्रयासरत हुने विचार व्यक्त गरेका छन् ।
उक्त अवसरमा राजदूत साइगोले नेपालको विकास कार्यक्रममा जापानले सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै समृद्धिको मार्गमा अघि बढेको नेपालको वर्तमान अवस्थामा जापानबाट थप सहयोग र सहकार्य उपलब्ध हुने र जापानी लगानी नेपालमा भित्र्याउन दूतावासको तर्फबाट सक्दो पहल गरिने विश्वास समेत व्यक्त गरेका छन् ।
उक्त अवसरमा जापानी राजदूतको स्वागत गर्दै परिसंघका अध्यक्ष हरि भक्त शर्माले नेपालमा विकासका आधारका साथै लगानीको उचितवातावरण श्रृजना भएको हुँदा जापानी उद्योगीको लागि समेत नेपाल लगानीको राम्रो क्षेत्र हुने आफूले विश्वास लिएको विचार सहित नेपाल उद्योग परिसंघ नेपालको निजी क्षेत्रको तर्फबाट यस कार्यमा दूतावास सँग सहकार्य गर्न तयार रहेको कुरा व्यक्त गरे ।
नेपालमा सञ्चालित बहुराष्ट्रिय कम्पनीहरुले आफ्नो लगानीको राम्रो प्रतिफल प्राप्त गरेको नेपालमा सञ्चालित उद्योगहरुले आफ्नो लगानीको नाफा रकम फिर्ता लग्ने विषयमा कुनै समस्या नभएको र राम्रो वातावरण नेपालमा भएको समेत उनले बताए ।
सो अवसरमा परिसंघ पदाधिकारीहरु, गभर्निङ्ग काउन्सील सदस्यहरु, राष्ट्रय परिषद सदस्यहरुएवं जापानी दूतावासका आर्थिक सल्लाहकारको समेत उपस्थिति रहेको थियो ।
२९ श्रावण २०७५, मंगलवार १२:५३
Comment