अफ काठमाण्डूको “बीओके स्मार्ट सुविधा” « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अफ काठमाण्डूको “बीओके स्मार्ट सुविधा”



काठमाडाै । बैंक अफ काठमाण्डूले आफ्ना ग्राहकवर्गहरुलाई अत्याधुनिक प्रवधियुक्त सेवा प्रदान गर्ने उद्दश्यले आफ्नो बैकिङ सेवा बीओके स्मार्टलाई परिमार्जित गरि थप सुविधा प्रदान गर्ने भएको छ । परिमार्जित गरिएको मोबाइल बैंकि सेवाद्वारा ग्राहकवर्गहरुले आफ्नो औठाछापद्वारा सजिलै लगइन एवं कारोवार गर्न मिल्ने सुरक्षा प्रणाली अपनाइएको छ ।
यसका साथै ग्राहकहरुले क्यूआर कोड मार्फत सजिलै रकमान्तर गर्न सकिने, फोन पेको नेटवर्कमा रहेको विभिन्न मर्चेन्टहरुलाई रकम भुक्तानी गर्न सकिने एकाउन्ट ड्यासबोर्ड मार्फत महिनाभरिको मौज्दातको विवरण हेर्न सकिने सुविधा उपभोग गर्न सक्नेछन् ।
बीओके स्मार्टको नँया संस्करणद्वारा ग्राहकहरुले बैंकको शाखा, एटिएम तथा अन्य सेवाहरुको जानकारी लिन सक्नेछन् । ग्राहकहरुले गुगल प्ले स्टोरमा उपलब्ध बीओके स्मार्टको नँया संस्करणलाई अद्य्यावधिक गरि यो सेवा उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।

प्रकाशित : २३ श्रावण २०७५, बुधबार १६:४७