धितोपत्र खरिद गर्दा यी कुरामा ध्यान दिनुस् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

टिप्स

धितोपत्र खरिद गर्दा यी कुरामा ध्यान दिनुस्



 

धितोपत्रको सार्वजनिक निष्कासन हुँदा धितोपत्र खरिद गर्न चाहने लगानीकर्ताले सम्बन्धित संगठित संस्थाको विवरणपत्रका साथै प्रबन्धपत्र र नियमावली हेरी सम्बन्धित कम्पनीको व्यवसायको प्रकृति, आर्थिक विवरण, जोखिम पक्ष, संस्थापक सञ्चालक सम्बन्धी विवरण जस्ता कुराहरुको अध्ययन तथा विश्लेषण गरी लगानी सम्बन्धी निर्णय गर्नु उपयुक्त हुन्छ ।

दोस्रो बजारमा धितोपत्र किनबेच गर्दा जोखिम, प्रतिफल तथा भविष्यको संभावना सम्बन्धी पूर्ण ज्ञान र पूर्ण होशियारी साथ गर्नुपर्दछ । धितो बजारमा सूचीकृत धितोपत्रहरु खरिद गर्न चाहने लगानीकर्ताले सम्बन्धित संगठित संस्थाको कार्य सम्पादन, आर्थिक विवरण तथा वार्षिक प्रतिवेदन, संस्थापक सञ्चालकको विगतको कार्य सम्पादन, संगठित संस्थाहरु द्वारा समयसमयमा प्रवाह गरिने सूचना ।

स्टक एक्सचेन्ज मार्फत सार्वजनिक हुने मूल्यमा प्रभाव पार्न सक्ने संवेदनशील सूचना समेत हेरी लगानी सम्बन्धमा निर्णय गर्नु बढी सुरक्षित हुन्छ । लगानीकर्ताले आफूलाई विश्वास लागेको धितोपत्र दलाल वा वित्तीय विशेषज्ञसँग आवश्यक जानकारीहरु लिएर धितापत्रको खरिद बिक्री सम्बन्धी निर्णय गर्नु बढी उपयुक्त हुन्छ ।

स्टक एक्सचेन्जमा बजार माग र आपूर्तिले निर्धारण गरेको मूल्यमा धितोपत्रहरुको कारोबार हुन्छ । स्टक एक्सचेन्जमा सेयर कारोबार सदस्य दलाल मार्फत हुन्छन् । धितोपत्र किनबेच गर्नेले दलाललाई कमिसन तिर्नुपर्छ ।स्रोत नेप्से

प्रकाशित : १४ श्रावण २०७५, सोमबार १३:३७