ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ओरालो लाग्यो नेप्से



काठमाडौँ। सोमबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से १७ दशमलव ९६ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको टे«डिड. र उतपादनमुलक समुह बाहेक अरु सबै समुहले गुमाएका छन् । आज कारोबारमा आएको १६७ कम्पनीको १० लाख ९७ हजार ६७ कित्त सेयर बाट ४१ करोड ८ लाख ३४ हजार ८ सय ७७ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ। आज इन्स्योरेन्स समुह १सय ३० दशमलव ४२ अंकले ओरालो लागेको छ । आज होटेल समुह २२ दशमलव ३२ अंकले, जलविधुत समुह २२ दशमलव १ अंकले ,लघुवित्त समुह २१ दशमलव ८९अंकले,विकास बैँक समुह १८ दशमलव ०६ अंकले, बैँक समुह १६ दशमलव ४२ अंकले, अन्य समुह ५ दशमलव २६ अंकले, र फाइनान्स समुह ४ दशमलव ५१ अंकले ओरालो लागेको छ।
आज टे«डिड. र उतपादनमुलक समुह भने उकालो लागेको छ । आज उतपदनमुलक समुह ७ दशमलव ४३ अंकले र टे«डिड. समुह ० दशमलव २५ अंकले उकालो लागेको छ।

प्रकाशित : २५ असार २०७५, सोमबार १५:१८