स्वरोजगार लघुवित्त वित्तीय संस्थाकाे दर्ता किताब बन्द हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

स्वरोजगार लघुवित्त वित्तीय संस्थाकाे दर्ता किताब बन्द हुने



काठमाडौं।स्वरोजगार लघुवित्त वित्तीय संस्थाकाे दर्ता किताब बन्द हुने भएको छ । लघुवित्तले असार २८ गते शेयर दर्ता किताव बन्द गर्ने जनाएको छ ।लघुवित्तले १ बराबर १ अर्थात सत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएकाेले दर्ता किताब बन्द हुन लागेकाे हाे । लघुवित्तले एक सय रुपैयाँ अंकित मुल्यमा  १२ करोड २४ लाख ९७ हजार २६० रुपैयाँ बराबरको १२ लाख २४ हजार ९७७.६० कित्ता हकप्रद शेयर निष्कासन गर्ने जनाएको छ । हकप्रद शेयर निष्कासनको लागि लघुवित्तले बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ ।हकप्रद शेयर वितरण पछि लघुवित्तको चुक्ता पुँजी २४ करोड ४९ लाख रुपैयाँ पुग्ने छ ।

प्रकाशित : १८ असार २०७५, सोमबार १२:१६