विरोध प्रदर्शनका लागि सरकारले काठमाडौंमा तोक्यो ठाउँ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

विरोध प्रदर्शनका लागि सरकारले काठमाडौंमा तोक्यो ठाउँ



काठमाडौं । सरकारले विरोध प्रदर्शनका लागि निश्चित ठाउँ तोकेको छ ।

बिहीवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी गृहमन्त्री रामबहादुर थापा बादलले काठमाडौंका ७ र भक्तपुरको एक स्थानमा विरोध प्रदर्शन गर्न सक्ने गरी व्यवस्था गरिएको जानकारी दिए ।

पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार काठमाडौंमा खुल्लामञ्च, टुँडिखेल, तीनकुने, स्वयम्भु भगवानपाउ, पेप्सीकोला खेल मैदान, लैनचौरस्थित समाजकल्याण परिषद् र सिफल चौर गौशालामा विरोध प्रदर्शन गर्न पाइने छ ।

यस्तै भक्तपुरका लागि सल्लाघारीस्थित नेपाल ट्रस्टको चौरमा विरोध प्रदर्शन गर्न पाइने व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी दियो ।

यसअघि प्रदर्शनकारीहरूले माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने गरेका थिए ।

प्रकाशित : १४ असार २०७५, बिहीबार १३:५८