कामना सेवा विकास बैंकले लाभांश दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कामना सेवा विकास बैंकले लाभांश दिन



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको दर्ता किताब बन्द हुने भएकाे छ । बैकले लाभांश दिन लागेकाेले  असार १८ गते  देखि  दर्ता किताब बन्द  हुने जानकारी नेप्सेले दिएकाे  छ । । बैंकले  ५ दशमलव ५० प्रतिशत बोनस शेयर र ६ दशमलव ५० प्रतिशत नगद लाभांश गरी कुल १२ प्रतिशत लाभांश दिन लगेकाेले  असार १८ देखि ३२ गते सम्म दर्ता किताब बन्द हुन लागेको हो ।

आइतबार बसेको संचालक समितिको बैठकबाट असार ३२ गते ११औं वार्षिक साधारणसभा गर्न नेप्सेले १८ देखि ३२ गते सम्म बुक क्लोज गर्न लागेको हो ।

बैंकको बिक्री प्रबन्धक एनएमबि क्याटिल लिमिटेड, नागपोखरी १ नक्सालमा रहेको छ ।

हाल २ अर्ब ३७ करोड २१ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले बोनस शेयर पश्चात २ अर्ब ५० करोड २६ लाख रुपैयाँ पुग्नेछ ।

प्रकाशित : ११ असार २०७५, सोमबार १२:३२